काठमाण्डौ माघ १५ – बिशेष गरेर प्रतक्ष दोहोरी बाट ख्याती कमाएका गायक तथा गायिका द्वय बिन्दाश भिम श्रेष्ठ र सावित्री गौतमको संयुक्त प्रस्तुति “बसौंला साथैमा” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । उनीहरु द्वय कै प्रस्तुतिमा केहि समय अगाडी मात्रै है सानु, हात काटेर लगाएतका गीतहरु बजारमा आएको थियो ।

यिनै गीतहरुले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेपश्चात भिम र साबित्रिको यो प्रस्तुतिले पनि सबैको मनछुने बिस्वास गर्न सकिन्छ । किन कि पछिल्लो समय बजारमा आएका गीतहरु मात्र व्यवसायिक लक्षित र ति गीतहरुको आयु छोटो हुने कारण, यो गीत आफ्नै कला संस्कृति र मौलिकता भित्र अडिक रहेकोले पनि यस कुरामा बिस्वस्त रहन सकिन्छ ।

माथि उल्लेखित गीतमा बिन्दाश भिम श्रेष्ठ र सावित्री गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मदन सुफिक्सले तयार परेका हुन् भने शब्द अशोक कुमार सापकोटा र जानुका गौतमको रहेको छ । गीतको अडियो जति मिठासपूर्ण ढंगले तयार भएको छ “बसौंला साथैमा” बोलको गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक ढंगले तयार पारिएको छ ।

भिडियोमा अहिलेका ब्यस्त मोडल एवं निर्देशक राज तामाङ्ग प्रकाश, लक्ष्मी दर्नाल, प्रनिता के.सी र रोमन दाहालको अभिनय देख्न सकिन्छ । शिशिर बुढाथोकी द्वारा निर्देशित भिडियोलाई छायांकन महेश महराले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् । गीतलाई सानु के.सी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया