काठमाण्डौ माघ २४ – स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठ द्वारा सृजित गीत “उलुलु” अहिले चर्चाको शिखरमा रहेको छ । त्यसो त दिनेशको संलग्नतामा रहेको यस अगाडिका प्रस्तुति सुनन  मया, गैरी पिपल लर्के बर, रानी हजुर, सुन सरकार, रुपै रैछ मोहनी लाउने, मुखमा हान्दिने, डोरी गाँसेको, लगाएतका थुप्रै गीतहरु अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल भएको छ । उनि काँठ क्षेत्रका कलाकार हुन् । यो हुँदा भेगीय हिसाबले कुनै पनि गीत संगीतलाई गुम्स्याएर राख्न नहुने गायक तथा सर्जक दिनेशले आफ्नो धारणा राख्ने गरेका छन् । उनका सिर्जनामा बिशेष गरेर युवावर्ग लक्षित स्वाद पाइने गरिन्छ ।

पछिल्लो समयमा सारबजनी भएको “उलुलु” बोलको गीतमा दिनेश संगीत भएका छन् । संगीत मात्र होइन यस गीतमा उनको स्वर पनि सुन्न सकिन्छ । दिनेशको साथमा प्रतिमा अर्याल, सुमित्रा भट्टराई र अर्जुन भुसालको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा रुश्पा सापकोटाको शब्द रहेको छ । हाल यो गीत टिकटकमा भाइरल बनेको छ । भाइरल हुनुको कारण भनेको शब्द चयन र अन्य समायोजन हो । नोबेम्बर १९ तारिखको दिनमा सार्बजनिक गरिएको यो गीत अहिले ९ लाख ४० हजारको हाराहारीमा दर्शकहरुले युट्युब मार्फत हेरिसकेका छन् ।

गीतको भिडियोमा श्रीजन पण्डित, अन्जु सुनार, दिनेश थापा, रामकुमार खतिवडा, रोहिणी ढकाल, रबि ढकाल, पारु राउत सुबेदी र रामशरण पोख्रेलको आकर्षक अभिनय देख्न सकिन्छ । आफ्नो सृजनाले पहिले जस्तै दर्शकहरुको माया पाएकोमा दिनेश मख्ख रहेका छन् । उनले सहयोगी सबै मनहरुलाई धन्याबाद समेत दिएका छन् ।  यस गीतको म्युजिक भिडियोलाई निर्देशन समेत दिनेशले गरेका हुन् । बहुप्रतीभाका धनि दिनेश श्रेष्ठ द्वारा निर्देशित भिडियोलाई छायांकन दिनेश मुस्कानले गरेका हुन् भने  कोरियोग्राफी दिक्ष्या घिमिरे र सम्पादन दिनेश मुस्कानले नै गरेका छन् । गीत श्रीजन पण्डित र रबि ढकालको संयुक्त प्रस्तुतिमा दिनेश श्रेष्ठ आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया