रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ ।
बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो । केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको बिगतमा भएका स साना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन तनाबपुर्ण तरिकाले अघि बढ्छ भन्ने चलचित्रमा देखाइएको छ ।
निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।
सार्वजनिक फिल्म हनिमुनमा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।
यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडांस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक भव्य कार्यक्रमकाबीच चलचित्र हनिमुन सार्वजनिक गरिएको हो । यो सर्टफिल्मलाई उपस्थितले राम्रो प्रतिक्रिया दिएका छन् ।

https://www.youtube.com/watch?v=U5dOupozplM&t=5s

तपाईको प्रतिक्रिया