विराटनगर । अरनिको कलेजका पूर्व विद्यार्थीले आफ्ना आमा बुवाको सम्मानमा छात्रवृत्ति पुरस्कारको स्थापना गरेका छन् ।

कलेजका पूर्व विद्यार्थी दिवस थापाले बुबा सुरेन्द्रकुमार थापा र आमा रिता थापाको सम्मानमा छात्रवृत्ति पुरस्कार स्थापना गरेका हुन् । अमेरिका बसोबास गर्ने ईन्जिनियर थापा विराटनगरका स्थानिय बासिन्दा हुन् । उनले अरनिको कलेजबाट कक्षा ११ र १२ सम्मको अध्ययन पूरा गरेका विद्यार्थी हुन् । अत्यन्त मेधावी छात्र दिवस हाल अमेरिकामा सेवा र ब्यवसाय दुवै क्षेत्रमा संलग्न रहेको कलेजले जनाएको छ ।

उनले स्थापना गरेको अक्षयकोषको रकम १० लाख रहेको छ । सो कोषबाट प्राप्त हुने ब्याज रकमले कक्षा ११ र १२ मा अध्ययन गर्ने १–१ जना छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल राजेश कार्कीले बताए ।

प्रिन्सिपल कार्की भन्छ्न, हामी उनको यो कार्यको उच्च प्रशंसा गर्दै उनलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं साथै अन्य पूर्व विद्यार्थीहरुलाई पनि यस्तो सेवाको कार्यमा सरिक हुन अनुरोध समेत गरे ।

तपाईको प्रतिक्रिया