काठमाडौ । म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट दूई अवार्ड हात पारेका छन् ।
शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएकोममा यस बर्ष चेम्जोङको निर्देसनमा बनेको लिम्बु आधुनिक गित ‘आन्छी मिम आफालेआङ मिसिनेन’बाट वर्षकै सर्बोउत्कृष्ट म्युजिक भिडियो अवार्ड पाएका छन् ।
यस्तै पालाम विधामा ‘निङवासुम ५’ बाट सर्बोउत्कृष्ट पालाम निर्देशक अवार्ड हाङ चेम्जोङले यो बर्षकै उत्कृष्ट लिम्बू पालाम निर्देशक अवार्ड हात परेका हुन् । चेम्जोङले यो बर्षकै सबैभन्दा धेरै लिम्बु म्युजिक भिडियोहरु निर्देसन गरेका थिए ।
साथै उत्त म्युजिक भिडियोले भेस भूसा विधा बाट पनि बर्षकै उत्कृष्ट भेस भूसा अवार्ड हात पार्न सफल भएका छन् ।
फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफ.एल.एफ अवार्ड प्रदान गर्दै आएको छ ।
निर्देसक चेम्जोङले एफ.एल.एफ अवार्डबाट सम्मानित हुनु पाएको दिनलाई मेरो जीवनकै महत्वपुर्ण क्षणको रुपमा लिएको बताए ।
उनले यो मेरो लागि अत्यान्तै हर्ष तथा गर्ब समेत महसुश भएको बताए । यस अवार्डले मलाई थप काम गर्ने प्रेरणा प्रदान गर्नका साथै थप जिम्मेवारी समेत दिएको महशुस गरेको बताए ।