रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ। २०७६ मा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुरु भएको मधानी महायज्ञको तेस्रो संस्करणमा नेपालका राजनेता तथा नेपाली कलाकारभन्दा भारतीय कलाकारहरुको वर्चस्व देखिएको छ।

पूर्व मन्त्रि प्रभु शाहको संरक्षण तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको सम्पर्क बाट खेसारीलाल यादवलाइ रौतहटमा ल्याईएको थियो।मौलापुर नगरपालिकाको निडर साहसी तथा बिकासप्रेमी महिला मेयर रिना कुमारी शाहको हिम्मत र सहयोगले गर्दा उक्त कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न सकिएको थियो। कार्यक्रममा ५ लाख भन्दा बेसी दर्शकहरुको भिड जम्मा भएको अनुमान गरिएको थियो।

मौलापुर नगरपालिकाको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महायज्ञ गर्दै आएको छ। रौतहट र बारामा मुख्य गरी ग्रामीण क्षेत्रमा शिवको विशेष अनुष्ठानको रुपमा प्रचलनमा रहेको मधानी लोपोन्मुख अवस्थामा पुगेको थियो। मौलापुर नगरपालिकाले मधानी यज्ञलााई विशेष प्राथमिकता दिएर स्थानीय संस्कृतिलाई महोत्सवको रुप दिने प्रयास गरिरहेको छ।

मौलापुर नगरपालिकाले नेपालका विशिष्ट राजनीतिज्ञ तथा कलाकारका साथै भारतीय कलाकार र गायकलाई बोलाएर मधानी महायज्ञको साथै पुरातात्विक महादेव मन्दिरको प्रचार गरिरहेको छ।पछिल्लो उत्खननले मौलापुरको महादेव मन्दिरको अवशेष बुद्धकालीन भएको अनुमान गरिएको छ।

कार्यक्रममा उपस्थित सबैलाई मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर साहले स्वागत मन्तव्य राखेका थिए। भारतीय भोजपुरी सिनेमाका कलाकार यादव लगायत कार्यक्रममा नेपाली सिनेमाका महानायक राजेश हमाल तथा टिकटक स्टार सामिया पोखरेलले पनि आफ्नो सहभागिता जनाएका थिए।

कार्यक्रममा भारतीय कलाकार यादवले नेपालमा आफ्नो पहिलो औपचारिक कार्यक्रममा उपस्थित हुन पाएको बताएका थिए। यसअघि एकपल्ट आउँदा आयोजकको गल्तीले आफ्नो चारवटा गाडी जलाइएको र आफूले आफ्नो कला प्रस्तुत गर्न नपाएको गुनासो गरेका थिए। कलाकार रानी चटर्जीले औपचारिक स्टेज कार्यक्रममा खेसारीलालसित आफूले पहिलोपटक प्रस्तुति दिन पाएको भनी खुसी व्यक्त गरेकी थिइन्।

यस कार्यक्रमको आयोजनाले नेपाल-भारतको सम्बन्ध अझ प्रगाड बनेको र सुपर स्टार यादबले नेपाल प्रति हेर्ने नजरमा बदलाब आएको थियो। कार्यक्रममा पांच लाख भन्दा बेसी दर्शकको भिड जम्मा भएको थियो।

खेसारीलाल यादव र रानी चटर्जीको ठुम्कामा लाखौँ मानिस मधानी महोत्सवमा एक साथ झुमेका थिए। कलाकार यादवलाई लाखौँ नेपालीले मन पराउने गरेको कार्यक्रमले देखाएको छ। नेपालकी चर्चित टिकटक कलाकार सोमिया पोखरेलले आफ्नो देब्रे हातमा खेसारीलाल यादवको नामको ट्याटु नै बनाएको प्रसंगले पनि मञ्चमा खूब ताली पाएको थियो।

तपाईको प्रतिक्रिया