तनहुँको खैरेनीटार जम्दीमा जन्मिएर फिल्याण्डलाई कर्मभुमी बनाउदैं एथलेटिक्स तथा नेपाली म्युजिक भिडियोहरुमा अभिनय तथा गीत संगीतको सिर्जनामा सक्रिय भुमीकामा निवाह गर्ने बहुमुखी प्रतिभाका धनी खेलाडी तथा कलाकार हुन बसन्त घिमिरे । सानै उमेर देखी खेलकुद र कलाकारिता प्रतिको मोहका कारण आफु प्रवासमा भएपनी फुसर्दको समयमा आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेको बताउदै उनले भने ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ । सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको ’ उनी बताउछन । १८ बर्षको उमेर देखी खेलकुदमा सक्रिय भएका उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने विभिन्न प्रतियोगीतामा सहभागी भएर नेपालको खेलकुद क्षेत्रमा उनले योेगदान गरेका छन । दुले गौडा कटेसी गीतको रचना गरेपछी आफु संगीतमा होमिए । अभिनय कलामा पोक्त उनले हाल सम्म विभिन्न गीतमा अभिनय गरेका छन । ए जिन्दगी , रुदै वित्छ रात , ए पहरी फूल ,लगायतमा उनको अभिनय देख्न सकिन्छ । नेपाली सुगम संगीतमा मौलिकता र सिर्जनसिलतामा जोड दिने उनको चाहना रहेको छ ।
प्रवासमा रहेपनी छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । उनले केही नेपाली सुगम संगीतका गीतहरुमा अभिनय निवार्ह गरेका छन । आफनो बाल्यकालको सपना पुरा गर्नको लागी साथै नेपाली मौलिक गीत संगीतलाई आफुले केही योगदान पु¥याउनको लागी यस क्षेत्रमा होमिएको बताउँछन । उनी सगँको कुराकानी ः

तपाईको खेलकुद तथा कलाकारिताको यात्रा कस्तो भैरहेको छ ?
सक्रिय रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा लागेपछी अहिलेको समय कलाकारितामा लागी परेको छु । नेपाली सुगम संगीतलाई अन्तराष्ट्रिय रुपमा पुयाउनको लागी आफुले निरन्तर विभिन्न किसिमका नयाँ काम गर्दै अगाडि बढी रहेको छु । नयाँ कर्ममै आफुलाई सक्रिय बनाइरहेको छु ।
त्यस्ता तीन वटा काम जुन गर्दा आफुलाई खुशीको महसुस हुन्छ ?
खेलकुद जसलाई म जिबन मान्छु , साहित्य र अभिनय जिवनको रंग ठान्छु, र सामाजिक सेवा जुन जिवन र जगतका नविनतम खुशी महसुसको सहयात्रीको रुपमा लिएको छु ।
तपाईको अभिनयमा रहेका गीतहरु कुन कुन हुन ?
ए जिन्दगी,रुदै वित्छ रात , ए पहरी फूल लगायतमा मेरो अभिनय रहेको छ । साथै नेपाली कथानक चलचित्र पासोमा समेत अभिनय प्रस्तुत गरेको छु ।
तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
नेपाली मोडलिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रामा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा नेपाली कलाकारिताको क्षेत्र साथै मोडलिङलाई अगाडि बढाएर अगाडि बढेको खण्डमा नेपाली कलाकार ले अन्तराष्ट्रिय किसिमबाट अगाडि बढने थियो की ?े कलाकारिता क्षेत्रमा जिवन्त आभाष दिने किसिमको सिर्जनालाई अगाडि बढाएको खण्डमा कला क्षेत्रमा अझ ब्यापक रुपमा अगाडि बढाउन सकिन्थियो ।

नव कलाकार एवम अग्रज हरुमा चै कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
सकारात्मक सोच र कर्म प्रतिको सकारात्मक किसिमको चाहना हुनुपर्दछ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ।
तपाई कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बाल्यकाल देखी नै कलारिता प्रति मोह भएकाले प्रवासको ब बसाईमा आफनो जिवनको केही सपना पुरा गरौ भन्ने सोचका साथ कलाकारितामा लागे । परदेशमा रहदा पनी मलाई नेपालको कलाकारितालाई आफुले सकेको केही गर्नु पर्छ जस्तो लाग्यो । दुले गौडा काटेसी बाट मैले कलाकारिताको क्षेत्रमा केही गरौ भन्ने चाहनाको साथ अगाडि आएको हुँ ।
तपाईले रचना गरेको सर्वाधिक दर्शकको मनमा बस्न सफल गीत कुन कुन हुन ?
म द्धारा रचना गरिएको दुले गौडा कटेसी खैरेनी जुन गीतलाई आम भगवान रुपी दर्शक तथा स्रोतले अत्याधिक रुपमा मन पराउनुभयो । जसको कारणबाट आजको समय सम्म कलाकारितामा रहनको लागी ठुलो भुमीका खेलेको छ ।
तपाईले आफु खेलाडि रहेको कुरा पनी शुरुबातमा भन्नुभयो खेलकुदलाई कसरी लिनुहुन्छ ?
मेरो जिवनमा गरेको कर्म भनेको मेरो खेलकुद रहेको छ । १८ बर्षको उमेरमा बाल मनोविज्ञानको अवस्थामा भएको चेतनाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन पाउनु आफैमा जिवनको ठुलो उपलब्धी मान्छु । विरेन्द्र सिल्ड एथलेटिक्स प्रतियोगी अन्तगर्त पोखराबाट पुन हिल , पुन हिल पोखराको १०० किलो मिटरको रेसमा प्रथम स्थान ११ घन्टा ५९ मिनेट ५९ सेकेण्डमा पार गरेको थिए । साथै मैले पोखरा बाट मुङलिङ ७ घन्टाको समयमा एथलेटिक्समा पहिलो भएको थिए ।

आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ ?

आगामी समयमा रजतपटको क्षेत्रमा आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा रहेको छु । जसको लागी मैले बर्तमान समयमा विभिन्न तयारीहरु गरिरहेको छु । साथै नेपाली सुगम गीतका भिडियोका साथै पप आधुनिक गीतमा पनी आफनो अभिनय कलाको माध्यमबाट थप प्रभावकारी काम गर्ने र फरक धारबाट अगाडि बढने योजना रहेको छ । सिने क्षेत्रमा फरक तरिकाबाट अगाडि ल्याउनुपर्छ भन्ने सोचका साथ अगाडि लागी परेको छु । सम्सेर नामक फिल्ममा एउटा असल अभिभावक ले गर्नु पर्ने दायित्वलाई निवार्ह गरेको छु ।

जिवनको कुनै अविश्स्मणिय क्षण केही छन की ?
अन्तराष्ट्रिय स्तरमा लण्डनमा आयोजित अल्ट्रा म्याराथोनमा आफनो खेल प्रस्तुत गर्ने अवसर पाएको थिए । जुन मेरो जिवनका साथै नेपालको नाम उच्च राख्ने कार्यमा साउथ डाउन बल्ड च्यापेनसिप प्रतियोगीतामा आफु सहभागी भएर नेपालमा कायम भएको रेकर्डमा थप सुधार गरेको थिए ।
तपाईंको स्वभावचाहिँ कस्तो छ ?
सरल रुपमा सिर्जनसिलत र कर्ममा विश्वास गर्ने स्वभाव रहेको छ । जिवनमा केही गरौ र कलाकारितामा केही भएपनी योगदान पुयाउ भन्ने सोच रहेको छ ।

पछिल्लो समय कलाकारहरू पनि राजनीतिमा छन् । तपाईंको के छ विचार ?
मेरो मान्यता के छ भने राजनीति त्यही व्यक्तिले गर्नुपर्छ, जसले जीवनको पहिलो खुड्किलामै राजनीति गर्छु भनेर हिँडेको छ । राम्रो काम गरिरहेका छैनन्, जनता निराश छन्, त्यो अर्कै कुरा भयो । राष्ट्र निर्माणका लागि सबै राजनीतिमा लाग्नुपर्छ भन्ने छैन । यदि आज राजनीति गर्नेहरूले सुचारु हिसाबले राजनीतिलाई अघि बढाएको भए कला क्षेत्रमा काम गर्नेले कलालाई अघि बढाउँथ्यो, बिजनेशले त्यही क्षेत्रबारे सोच्थ्यो, अन्य सबै क्षेत्रकाले त्यसैगरी आ–आफ्नो क्षेत्रलाई अर्को उचाइमा पु¥याउन भूमिका खेल्थे । यसरी नै त हो देश विकास हुने । अरू क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्ति राजनीतिमा लागोस् भन्न थालियो भने त्यही क्षेत्रको अवस्थाचाहिँ के हुन्छ नि ? त्यतातिर पनि सोच्नुपर्छ ।

हामीकहाँ जसले राजनीति सम्हाल्नुपर्ने हो, उहाँहरूले राम्रोसँग सम्हाल्न सक्नुभएको छैन । त्यसैले जनताले अर्कै क्षेत्रमा राम्रो गर्ने व्यक्ति राजनीतिमा आइदिए त्यस्तै राम्रो हुन्थ्यो कि भनेर शुभेच्छा प्रकट गरिरहेको हो । मलाई राजनीतिमा चासो छ तर यसैमा लाग्ने सोच छैन । यति हो, म उदार लोकतान्त्रिक व्यक्ति हो । मेरो क्षेत्रले पनि त्यही माग गर्छ । उदार लोकतान्त्रिक नभइकन सिर्जना हुन्छ भन्ने लाग्दैन ।
नेपाली गीत मौलिक छैनन् भन्ने आलोचना छ नि ?
मौलिकताकै कारण नेपाली गीतहरू बेला–बेलामा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश भइरहेका छन् । कतिपय चलचित्रका गीतले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका उदाहरणहरू पनि छन् । चलचित्र तथा सुगम शतप्रतिशत मौलिक हुने सम्भावना भने छैन । त्यस्तो कहीँ पनि हुँदैन । केही चलचित्र बन्दा केही मौलिक हुने हो । त्यो अहिले भइरहेको छ ।
तपाईं गीतकार पनि हुनुहुन्छ । नेपाली चलचित्रमा गीत–संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
राम्रो गीतले जीवन, जगत र प्रकृति बोल्न सक्छ । गीत नदी बगेजस्तै हो । नदीमा अनेक कुराहरू बगेर आउँछन् । फोहोर चिज, झारपातहरू किनार लाग्दै जान्छन्, पानी सङ्लिँदै निरन्तर बगिरहन्छ । जुन गीतले जीवन, प्रकृति र जगतलाई बोक्न सक्दैन ती गीतहरू पन्छिदै जान्छन् भने जुनले बोक्छन् ती कालजयी भइदिन्छन् । सङ्लो पानीजस्तै ।

अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
तपाईहरु जुन स्थानमा रहनु भएको छ अझ परिकृत ढंगबाट लागी पर्नुहोला भन्न चाहन्छु । हामीले कर्ममा विश्वासमा गरेर अगाडि बढेको खण्डमा जिवनमा सफल बनिनेमा विश्वास्त रहेको छु ।

तपाईको प्रतिक्रिया