काठमाडौँ– चलचित्र ‘लाखे’ आउँदो वर्षको भदौं ३१ गते रिलिज हुने भएको छ ।

केही समयअघि मात्र मुस्ताङ पुगेर क्लाइमेक्स छायांकनका गरेको चलचित्र निर्माण टिमले वितरक तय गर्दै फिल्म रिलिजको घोषणा गरेको हो ।
आरआर फिल्मस्का लागि रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्म वितरण गर्नेछन् ।

कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु रानालगायतको अभिनय छ ।

सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् ।

कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जीएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता हुन् ।

तपाईको प्रतिक्रिया