लण्डन । नेपाल चलचित्र कलाकार संघ यूके (फ्यान यूके) ले निर्माण गरेको ‘हामी नेपाली हामी गोर्खाली’ नामक नेपाली राष्ट्रिय गीतले दुई विद्यामा अवार्ड प्राप्त गरेको छ । सघंले निर्माण गरेको राष्ट्रिय गीतको भिडियोले ‘नेपाली कला संस्कृति तथा संगीत अवार्ड २०७८’ को दुई विद्यामा अवार्ड पाएको हो ।

नेपाल चलचित्र विकास वोर्ड चाबहिलमा सम्पन्न दोस्रो अवार्ड वितरण समारोहमा ‘हामी नेपाली हामी गोर्खाली’ ले उत्कृष्ट राष्ट्रिय गीत लेखन–कल्पना आङबुहाङ (फ्यान यूके सल्लाहकार) र राष्ट्रिय गीत भिडियो निर्देशन शन्त कुमार राई (फ्यान यूके सह–कोषाध्यक्ष) गरि २ वटा अवार्ड जित्न सफल भएको हो ।

शन्त कुमार राईले निर्देशन गरेको उक्त गीतको संगीत अशोक कुमार राईले गरेका छन् भने गीत कल्पना आङ्बुहाङले सिर्जना गरेकी हुन् । उक्त भिडियोमा कलाकारहरु रोमियन लिम्बु, सुरेशराज पाठक, ध्रुव दत्त, सन्तोष राई, प्रतिमा दूतराज, आस्था जोशी, दीपक मैथाने मगर, सृजना निङ्लेखु, परशुराम राई, कुमुद पन्तले अभिनय गरेका छन् । सिनेमेटोग्राफी कुशल श्रेष्ठ र डान्स कोरियोग्राफी दिलु थापाको छ । भिडियो निर्माण सुमन पुनले गरेकी छन् ।

सघंकी अध्यक्ष रोमियन लिम्बुले आफुहरुले निर्माण गरेको गीतले २ वटा अर्वाड जित्न सफल भएको भन्दै खुसी व्यक्त गरिन् । उनले भिडियो निर्माण र गीत निर्माणमा सहयोग एवम् मेहनत गर्ने सबै टिमलाई धन्यवाद समेत व्यक्त गरिन् । लन्डन नेपाल डटकमबाट

तपाईको प्रतिक्रिया