काठमाडौं । साहित्यकार वियोगी काइँलाको ‘ओ नुमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रमोद खरेलको स्वर, शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोगज रहेको छ ।

भिडियोको निर्माण गोमा देवी चेम्जोङले गरेका हुन् भने निर्देशन हाङ चेम्जोङले गरेका हुन् । कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर दृष्यहरुमा छायांकन गरिएको यस भिडियोमा सुम्निामा खापुङ र आनन सिंहलाई फिचरिङ गरिएको छ । ‘मिस पुर्वेली–२०१५’ सुम्निमाको यो दोस्रो म्युजिक भिडियो हो । उनी पेशाले नर्स हुन् । त्यस्तै आनन एक स्थापित मोडल हुन् ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको ‘ओ नुमा’को भिडियोको छायांकन इशाक जबेगुले गरेका छन् भने श्रृङ्गारमा सन्जु थलङ रहेकी छन् ।

भिडियो प्रमोद खरेलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया