काठमाडौं : चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनमा ‘हेल्लो जिन्दगी’को प्रचार-प्रसार तिब्ररुपमा भैरहेको छ। कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा रहेको थियो । ‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत् डेब्यु गरेका थिए ।

त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् ।

वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छन् ।

तपाईको प्रतिक्रिया