देवकी न्यौपाने
काठमाडौं, चैत्र २४ । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण लिनुभएको छ । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराउनुभएको हो ।
आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैध ६ गते डंगोललाई नियुक्त गरेका हो ।
ललितपुर निवासी सदस्य डंगोलसँग झण्डै २ दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको विचार आयोगका अध्यक्ष सिंहले व्यक्त गर्नुभयो । सो अवसरमा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्तलगायतले समेत आफ्नो भनाइ राख्नुभएको थियो ।
स्मरणरहोस्, विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत महसुल नियमन गर्न, विद्युत उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युतको बजारलाई प्रतिस्पर्धात्मक बनाउन तथा विद्युत सेवालाई भरपर्दोे, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन उद्देश्यका साथ नेपाल सरकारबाट विद्युत नियमन आयोगको स्थापना भएको हो ।
विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण