काठमाण्डौं ।

नेपाली गीत संगीतमा लामो समय देखि सक्रिय मोडल मनिष श्रेष्ठको ‘शनिबार’ गीतको भिडियो आगामी नव बर्षमा सार्वजनिक गरिने भएको छ । नव वर्षको अवसरमा आम दर्शक तथा स्रोतलाई गीत उपहार स्वरुप ल्याउने तयारीमा मनिष रहेका छन । लोकप्रिय गायिका सोनू कक्कड र मनिष श्रेष्ठको स्वरमा रहेको गीतलाई भारतमा रेर्कड गरिएको निमार्ण पक्षले बताएको छ ।

सो गीति भिडियो छाँयाकन सम्पन्न गरेर सम्पादनको अनितम तयारीमा रहेको निमार्ण पक्षले बताएको छ । दिपक सापकोटाको शब्द जीवन बडुको एरेन्ज रहेको छ । बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लमसालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ । सो भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की रोशनी तामाङ्ग सानू कार्की गणेश पराजुली राम कडेल र मनिष श्रेष्ठकै पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन ।

तपाईको प्रतिक्रिया