काठमाडौँ । हाँस्यशृखला गोलमालको तेस्रो सिजनको भाग ६ प्रसारणमा आएको छ । चर्चित कलाकारहरु सुशिल पोख्रेल , शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ ।

समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ ।

पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको पछिल्लो शृखलामा प्रयांकस्टार एलिस राई भिन्न भूमिकामा छन् । त्यस्तै अतिथि कलाकारका रुपमा चचिृत हाँस्यकलाकार कृष्ण शिवाकोटी र आइपी आचार्यको अभिनय रहेको छ । शृखलाको पछिल्लो भागमा चेलिबेटीबेचबिखनको कथालाई देखाइएको छ । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया