काठमाण्डौ चैत्र २७ – नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुलाई फरक-फरक सांगीतिक स्वाद पस्किने बेला पछिल्लो समय श्रीकृष्ण थापाले “झोल्कै तालमा खोलियो” बोलको गीतलाई सार्बजनिक गरेका छन् ।

स्थानीय चुनाब नजिक आइरहंदा नेता ज्युहरु चुनाबको तयारीमा ब्यस्त र कलाकारहरु झोलको तालमा हुँदा कलाकारिता क्षेत्रबाट यस पटकको चुनाबलाई असर त पर्ने होइन ? भन्ने किसिमको मनसाय पलाउन सक्दछ, तर यो गीत मात्र मनोरन्जनको लागि प्रस्तुत गरिएको जानकारी गायक श्रीकृष्णले दिएका छन् ।

रामजी थापा मगरको लय तथा बिमला भुजेलको शब्द सृजना भित्र रहेको यस गीतमा श्रीकृष्ण थापा र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । रोयल मुभिजको उत्पादनमा रहेको यस गीतको म्युजिक भिडियोमा खड्ग बहादुर पुन ख ब पु, बिपना गोले, सुमा लामिछाने र बिनोद मुसराजको आकर्षक अभिनय देख्न सकिन्छ ।

निरेन श्रेष्ठको निर्देशन द्वारा सजिएको भिडियोलाई छायांकन मरुभुमि नारायणले गरेका हुन् भने सम्पादन सिजन कोइरालाले गरेका छन् । गीतको भिडियोलाई रमाइलो लोक चौतारी नामको मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया