काठमाण्डौ चैत्र २७ – स्थायी घर ठुलादुर्लूँग ललिपुर भएका सुरज थोकरको प्रस्तुतिमा “मायालाई सम्झेर” बोलको गीत अहिले बजारमा रहेको छ । बुबा सोमा बहादुर थोकर र आमा लक्ष्मी कुमारी थोकरको कोखबाट जन्म लिएका उनले यस भन्दा पहिले पनि करिब ९ वटा गीतहरु सार्बजनिक गरिसकेका छन् । थोकर ८ बर्ष देखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा क्रियासिल रहँदै आएका छन् ।

सुरज थोकरको पछिल्लो प्रस्तुति “मायालाई सम्झेर” बोलको गीतमा सुरज थोकर र जितु लोप्चनको सुमधुर स्वर सुन्न सकिन्छ । सुरज थोकर कै लय तथा शब्द सिर्जना भित्र सजिएको यस गीतको म्युजिक भिडियोमा युनेश लामा, रजनी लामा र उनिशा लामाको आकर्षक अभिनय देख्न सकिन्छ । लोक स्वादमा तयार भएको यस गीतलाई फ्याफुल्ला नेपाल नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । सुरजको केहि समय पछी नै ट्वान्टी फर्स्ट सेन्चुरी बोलको गीत सार्बजनिक हुने तयारीमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया