पछिल्लो समयमा नब गायक गोबिन्द रानाले सुन कान्छी बोलको लोक पप गित बजारमा सार्बजनिक गरेका छ्न। लाल श्रेष्ठको शब्द संगीत अमृत ल्वागुनको एरेन्ज र स्वयम गोबिन्द रानाको आवाजमा रहेको उक्त गितमा आफ्नो मन परेको मायालुलाई आफ्नो बनाउन त्यति सहज नहुने कुरा गितमा देखाउन खोजीएको छ। राजु बिरही सापकोटाले निर्देशन गरेको उक्त भिडियोमा पछील्लो समयकी चर्चित मोडेल निहारिका थापा र रबिन बराइलीको अभिनय रहेको छ भने कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ। सन्तोष तिमिल्सीनाको छायांकनमा रहेको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन भने मिलन फिल्मस प्रालीले बजार ब्यपस्थापन गरेको छ।
लोक पप गित सुन कान्छीले सार्बजनिक संगै चर्चा बटुल्दै
