विराटनगर, १७ बैशाख । प्रदेश १ को राजधानी विराटनगरमा अहिले नेकपा एमालेबाट उपमेयरकी प्रत्यासी रहेकी शिल्पा कार्की २०३५ साल मंसिर १४ गते लहानमा जन्मिएकी हुन् । शिल्पाले विद्यालय तहको अध्ययन लहानमै गरेकी हुन् । कोशी क्याम्पस विराटनगरबाट प्लस टू, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र डिग्री क्याम्पस विराटनगर स्नातकोत्तर गरेकी छिन् । विराटनगरमा आएदेखि सामाजिक कार्यमा सकृय रहदै आएकी कार्कीले घरेलु तथा साना उद्योग महासंघ, लायन्स क्लब, रोटरी क्लब जस्ता संस्थाबाट सामाजिक अभियानलाई अगाडि बढाइरहेकी छिन् । योगमाया फाउन्डेशन, उद्योग संगठनको महिला उद्यमी समितिको सल्लाहकार, जनपथ मावि विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेर उनले काम गरिरहेकी छिन् ।

महिलालाई उद्यमशिलता जोड्ने अभियानमा रहनु भएकी कार्की सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा रहेर गरिब तथा विपन्न वर्गका बालबालिकालाई विद्यालयसम्म पुर्याउने अभियान उत्तिकै मिहेनेतले गरिन् । अखिल नेपाल महिला संघबाट नेकपा एमालेमा जोडिँदै राजनीतिमा होमिएकी नेकपा एमालेका हरेक अभियानमा सहभागी हुँदै आएकी छिन् । २०६२ ÷०६३ को जनआन्दोलनमा समेत शिल्पा अग्रपंतिमा थिइन् । नेकपा एमाले विराटनगर महानगरपालिकाको उपाध्यक्ष हुँदै महानगरपालिकाको उपमेयरको उमेदवार छिन् । महिलाहरुलाई संबैधानिक अधिकारबाटै बन्चित गरिरहेको अवस्थामा उहाँले विराटनगरमा उमेद्वारी दिँदा एकखालको उल्लास थपिएको छ । त्यसैपनि उद्यमी महिलाको पहिचान बनाएकी शिल्पासँग धेरैका आशा र अपेक्षा पनि जोडिएका छन् । संविधानमा प्रत्येक पालिकाको प्रमुख र उपप्रमुख मध्ये एक महिला सुनिश्चित गर्ने व्यवस्था गरेपनि अहिले गठबन्धनले महिलाहरुलाई उचित स्थान नदिएको परिपेक्षमा उहाँको उमेद्वारीलाई सशक्त रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया