विराटनगर । स्थानीय तह निर्वाचन–२०७९ लाई सफल बनाउन विराटनगरको बिग होटलको सभाहलमा आज अपरान्ह प्रदेश सुरक्षा गोष्ठी शुरु भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शुरु भएको सो गोष्ठीमा गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली प्रहरी प्रदेश नं , सशस्त्र प्रहरी बल नेपाल, बराह बाहिनी, पकली, सुनसरीका प्रमुख कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं प्रदेश कार्यालय धरानका प्रमुख प्रकाशराज पाण्डे, महासेनानी भूमिभक्त्त बराल, झापामा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लगायत प्रहरी अधिकृतहरुको सहभागिता छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन, सुरक्षा क्षेत्रमा देखिएका समस्या र समाधान एवं प्रगतिका बारेमा विस्तृत जानकारी लिने बैठकको उद्देश्य रहेको बताइएको छ ।

निर्वाचनमा कुनै पनि धाँधली हुन नदिन, स्वतन्त्र निस्पक्ष, भयरहित वातावरण सिर्जना गर्न र कुनै पनि नागरिकमा डर तथा त्रास हुन सक्ने गतिविधि हुन नदिन सरकारको संकल्प एवं प्रतिवद्धता रहेकाले सोही अनुसारको सुरक्षा रणनीति अख्तियार गर्न बैठक आयोजना भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया