नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनावी गीत सार्वजनिक भएको छ । तारकेश्वर नगरपालिका वडा नं ४ काठमाण्डौको पहलमा समाजसेवी बौद्धिक युवा नेता हरिशरण गिरी मिलनको शब्द रचनामा हाम्रो यो माओवादी केन्द्र बोलको चुनावी गीत सार्वजनिक भएको हो । उक्त गीतमा अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीत र नन्दु गुरुड अपेक्षा तामाडको स्वर रहेको छ । गीतमा अशोक थापाको एरेन्ज रहेको छ । नेपालको आमुल परिवर्तनको सम्बाहक नेकपा माओवादी केन्द्रको रहेको र आगामी दिनमा पनि देशको विकाश र परिवर्तनको सम्बाहक माओवादी केन्द्र नै रहेको सन्देह दिने किसिमको गीत गीतकार हरिशरण गिरी मिलनले लेखेका छन् । लामोदेखि साहित्य सिर्जनासंगै सामाजिक कार्यमा सकृय गीतकार मिलन तारकेश्वार नगरपालिका वडा नं ४ का वडा अध्यक्षका माओवादी केन्द्रका उम्मेदवारसमेत रहेका छन् । साहित्य सृजनासंगै राजनितिमा समेत सकृय उम्मेदवार हरिशरण गिरी मिलन समाजसेवामा पनि उक्तिकै परिचित नाम हो । गीतकार हरिशरण गिरी मिलनले नुवाकोट काठमाण्डौ लगायतका जिल्लाहरुमा विद्यालय बाटोघाटो मठमन्दिर खानेपानी असहाय अशक्तहरुको सेवामा थु्रपै सामाजिक काम गरेका छन् । सामाजिक कामको दायरालाई थप विस्तार र संस्थागतरुपमा गर्नको लागि गीतकार मिलन उम्मेदवारको रुपमा खडा भएका छन् । राजनिति समाजसेवासंगै नेपाली साहित्यमा पनि उक्ति सकृयका साथ अघि बढ्ने योजना बनाएका गीतकार राजनितिज्ञ समाजसेवी मिलनको देश समाजलाई सन्देश दिने खालका गीतहरुको एल्बम छिट्टै बजारमा आउदैछ । उक्त गीतहरुमा संगीतकार लक्ष्मण पोखरेलको संगीत रहने छ ।

तपाईको प्रतिक्रिया