काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्ति सुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा यस्तो निर्णय भएको हो।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मतगणना सम्पन्न नभएसम्मका लागि उपत्यकाका तीन जिल्लाको शान्तिसुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्नेलगायतका विविध निर्णय भएको भक्तपुरका प्रजिअ शर्माले जानकारी दिए।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धान विभागका प्रमुखको बैठकले शान्तिसुरक्षाका लागि कार्यान्वयन गरिने विभिन्न सुरक्षाका रणनीतिका बारेमा छलफल गरी निर्णय भएको हो।

तपाईको प्रतिक्रिया