काठामाण्डौ
२७ बैशाख
राष्ट्रिय कार्य तथा समन्वय समूह (NACG) नेपाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल (NCPA) , बल्र्ड भिजन ईन्टरनेशनल नेपाल (World Vision International Nepal) र आईएलओ (ILO) को संयुक्त आयोजनामा बालश्रम अन्त्यको लागि बालश्रम सम्बन्धी पाँचौं विश्वव्यापी सम्मेलन यहि मे १५ देखि २० तारिख सम्म दक्षिण अफ्रिकाको डर्बनमा आयोजना हुनगईरहेको सन्दर्भमा नेपालबाट पनि बालश्रम र बालबालिका विरुद्धको हिंसाका विषयमा नागरिक समाजसँग समिक्षागर्दै संघ र प्रदेश स्तरमा बालश्रमको अवस्थाको विश्लेषणगर्दै सातै प्रदेशका नागरिक समाजका प्रतिनिधिहरुको सल्लाह सुझावहरु लिई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग दोहोरो सम्वाद गरी नागरिक समाजबाट तयार पारिएको प्रतिवेदन हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय कार्य तथा समन्वय समूह (NACG) नेपालका अध्यक्ष बेनुमाया गुरुगंको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दिपक काफ्लेज्युको आतिथ्यता रहको थियो ।  कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको औचित्व माथी राष्ट्रिय बाल संरक्षण सञ्जाल (NCPA) , का अध्यक्ष प्रकाश खतिवडाले स्पष्ट पार्नु भएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट श्रम मन्त्रालयको सल्लाहकार केशब बस्याल, उपसचिबद्धय गुरुदत्त सुवेदी र कृष्णप्रसाद शर्मा, शाखा अधिकृत सुरेश घिमिरे, ८.७ एलायन्सका नुतन शर्मा, यसै गरी नागरिक समाजको तर्फबाट राष्ट्रिय कार्य तथा समन्वय समूह (NACG) नेपालका उपाध्यक्ष  किरण थापा, पूर्व अध्यक्षज्यूहरु रबिन नेपाली र कृष्णचन्द्र आचार्य, सल्लाहकार कृष्ण सवेदी, सचिवालय सदस्यद्धय नुर जंग शाह र गौरव केसी, राष्ट्रिय बाल संरक्षण सञ्जाल९ल्ऋएब्० उपाध्यक्ष अनिता पाण्डे, विकासका साझेदार संस्था बल्र्ड भिजन ईन्टरनेशनल नेपालका दिलिपराज गिरी र आईएलओ (ILO)  को प्रतिनिधी नारायण भट्टराई समेतको उपस्थिती भएको कार्यक्रममा राष्ट्रिय बाल संरक्षण सञ्जाल९ल्ऋएब् का निवर्तमान अध्यक्ष ऋतु भट्ट राईज्यूबाट संघिय र प्रदेशका नागरिक समाजबाट आएको सुझाव सहितको प्रतिवेदन प्रस्तुतीकरण गर्नु भएको थियो ।
बालश्रम अन्त्यको लागि नगरिक समाजबाट तयार पारिएको प्रतिबेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दिपक काफ्लेज्यूलाई राष्ट्रिय कार्य तथा समन्वय समूह (NACG)  नेपालका अध्यक्ष बेनुमायाँ गुरुग र राष्ट्रिय बाल संरक्षण सञ्जाल (NCPA), का अध्यक्ष प्रकाश खतिवडाले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
उक्त प्रतिबेदन बुझ्नु हुदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दिपक काफ्लेज्यूले  नेपालमा बालश्रमको बारेमा विश्व सम्मेलनमा आवाज उठउनुका साथै आवश्यक प्रतिवद्धदा गरिने जानकारी गराउनु भयो । नागरिक समाजको तर्फबाट बालश्रमको आवस्था र आगामी कार्यदिशा सम्वन्धी सरकारको ध्यानाकर्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया