काठमाडौं– सप्तरीको एक मतदान केन्द्रमा मतदान अधिकृतमाथि कुटपिट भएको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको, तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो।

लगत्तै एक समुहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो। मतदान अधिकृतमाथि कुटपिट भएपछि अहिले मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा विवाद हुदाँ समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृत विपिन यादवमाथि कुटपीट गरेको उनले बताए।

तपाईको प्रतिक्रिया