विराटनगर । मोरङका एक सक्रिय सञ्चारकर्मीले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न दुई जना बिद्यार्थीलाई गोद लिदै उच्चशिक्षा सम्म पढाइ दिने जिम्मेवारी लिएका छन् । मोरङको सुनबर्षी नगरपालिका २ मा बसोवास गर्दै आएका एभिन्युज टिभीका संबाददाता विरेन्द्र कुमार साहले सोही नगरपालिकामा रहेको बिरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढ्दै गरेका अति विपन्न एक बालका र एक वालिकालाई उच्च शिक्षासम्म पढाउने जिम्मेवारी लिएका हुन् । सञ्चारकर्मी साहले दुवै विद्यार्थीलाई स्नातक तहसम्म पढाइ दिने घोषणा गरेका छन् । कक्षा-३ मा पढ्ने छात्रा कबिता कुमारी शर्मा र कक्षा-२ मा पढ्ने सन्तोष ठाकुरको पारिवारिक अवस्था नाजुक भएकोले उनीहरुको शिक्षादिक्षाका लागि आफुले अभिभावकिय जिम्मेवारी लिएको सञ्चारकर्मी साहले बताए ।

आफुले विद्यालयमा पढ्दा भोगेको जस्तै समस्या अरुले भोग्नु नपरोस भनेर आर्थिक क्षमताले भ्याएसम्म गोद लिएका बिद्यार्थीलाई स्नातक तहसम्म पढाउन सकेको सहयोग गर्नेछु’ , सञ्चारकर्मी साहले भने । उनले दुवै बिद्यार्थीका लागि बार्षिक रुपमा पोशाक आवश्यक स्टेशनरी लगायत अन्य आवश्यक खर्च सहयोग गर्ने गरि लिखित सहमती गरेको विद्यालयका प्रअ धनबहादुर बस्नेतले बताए ।

आर्थिक अवस्था सवल भएका नेता, कर्मचारी, समाजसेवी, अधिकारकर्मी मात्र नभएर सञ्चारकर्मीहरुले समेत विपन्नहरुलाई पढ्नबाट बंचित हुन नदिनगोद लिएर सहयोग गर्नुपर्ने सञ्चारकर्मी साह बताउँछन् । सानै उमेरमा कलाकारिता, पत्रकारितासँगै समाजसेवामा पनि सक्रिय रहेका २७ बर्षिय साहले यस अघि धेरै दु:खीहरुका लागि खाद्यन खादयान्न र उपचार सेवामा सहयोग जुटाइसकेका छन् ।
मोरङको सुनवर्षी नगरपालिका-२ सुगाबजार निवासी राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा बिरेन्द्र साहले २१ बैसाख २०७९ मा सोहीनगरपालिका ३ नम्बर वडा निवासी रत्नदर्नाल र कल्पनादेवीदर्नाल (परियार) की जेठी छोरी २५ बर्षिय सम्झना दर्नालसँग झयाँई झयाँई बाजाबजाएर धार्मिक रितीअनुसार भव्य रुपमा मागी विवाह गरेका थिए ।

तपाईको प्रतिक्रिया