असार ३ – भमरा भुनभुन, जुन दिन, घात लगाएतका थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेका लोकप्रिय गायक तथा शर्जक गोबिन्द अर्याल “गोपीले” भर्खरै मात्र “ठेकीमा मदानी” बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा उमेरले नेटो काट्न लाग्दाखेरिको चुलबुले प्रेम भाव समेटिएको छ । गोबिन्द अर्यालको लय तथा साजन पराजुलीको शब्द द्वारा सजिएको प्रस्तुत गीतमा गोबिन्द अर्याल र मेलिना मैनालीको सुमधुर स्वर सुन्न सकिन्छ ।

पछिल्लो समय गीत सुन्नमा भन्दा पनि हेर्नमा दर्शक श्रोताहरुको बढी नजर पर्ने गरेको छ । यसैलाई मध्यनजर गरेर गोबिन्दले “ठेकीमा मदानी” बोलको गीतको म्युजिक भिडियोलाई निकै आकर्षक बनाएका छन् । हुन त यस भन्दा पहिला सार्बजनिक भएको हरेक गीतको म्युजिक भिडियोलाई उनले आकर्षक नै बनाएका थिए । यद्धपि यस गीतको म्युजिक भिडियोलाई थप मेहनत गरेको हुँदा अशंख्य श्रोता तथा दर्शकहरु अझै मन पराउने कुरामा गोबिन्द विस्वस्थ रहेका छन् ।

सुधिर श्रेष्ठ, सुपा खनाल, सुदिप आचार्य र सुज्मा थापा द्वारा अभिनित मोहन घिमिरेको निर्माणमा तयार भएको माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन सुधन धितालले गरेका हुन् भने छायांकन महफुज अन्सारी र सम्पादन सुबास देवकोटाले गरेका छन् । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया