असार ०३ – मौलिक गीत संगीत सार्बजनिक गर्दै आएको राम स्याङ्गतान फिसिएल युट्युब च्यानल मार्फत पुनः अर्को मौलिक गीत सार्बजनिक भएको छ । उक्त गीत शुसिला घिसिङ्गको प्रस्तुतिमा “डोको डालो” बोलको रहेको छ । यस च्यानल मार्फत मान्छे राम्री नक्कली, तिम्रो रुपैले, धार्के सिम्ले, मिर्मिरे, बैंश जोबन लागएतका थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । राम अहिले प्रबाशमा रहेको छन् । उनि स्वदेशमा हुँदा होस् अथवा बिदेशमा, जहाँ रहे पनि नेपालि मौलिक संस्कृतिलाई कहिले नभुल्ने व्यक्ति हुन् ।

राम स्याङ्गतानको लय तथा महेश नेपालको शब्द द्वारा सकिएको “डोको डालो” बोलको गीतमा रामकुमार नेपालि र प्रतिमा अर्यालको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा राज तामाङ्ग “प्रकाश” आयुष्मा कार्की र राज मगरको फिचरिङ्ग रहेको छ । मोडल राज अहिले सम्म दर्जनौं गीतहरुको म्युजिक भिडियोमा काम गरिसकेका छन् । राज तामाङ्ग “प्रकाश” कै कोरियोग्राफी रहेको भिडियोलाई निरेन श्रेष्ठको निर्देशन, छायांकन मुकेश हुमागाईं र सम्पदान रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया