२०२२ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस गोवल इन्टरनेसनल मिस ग्लोबल र प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ। सहभागीले असार १७ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

राजधानीको 10 x club मा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको अध्यक्ष राम के सीले जानकारी गरउनु भयो । पछिल्लो ४ वर्षदेखि लगातार रुपमा आयोजना गरि राहेको यो प्रतियो गीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले असार ११ देखि असार १७ सम्म नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइयो । अन्तिम अडिसनका लागि भने होटल नेपालयमा असार १८ मा गरिने बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने बताउनु भयो । लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष केसीको भनाई छ।

पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ , मिस ग्रान्ड नेपाल स्कुवा सोनाली सापकोटा ,मिस मल्टीनेसनलक दोय आशा कार्की र प्रमिला बिक , किसन राज सिंह , राजु श्रेष्ठ, डा रामसरण थपलिया, आनी भिम सोवा गुरुङ उनीहरूले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे।

मिस ग्रान्ड नेपाल २०२२ का बिजेताले नगदको साथै, मोबाइल फोन , Goodwill Ambassador र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२२ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्। मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपउक्त कक्षाबाट तालिम प्रदान गर्दै साउनको अन्तिममा ग्रान्ड फिनाले गरि समापन गरिने बताउनु भयो।

तपाईको प्रतिक्रिया