काठमाण्डौ असार १८ – नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय क्रियासिल रहँदै आएका गायक एवं सर्जक आर.के श्रेष्ठ को पछिल्लो प्रस्तुति लोक दोहोरी गीत “जुनकिरी जुनतारा” भर्खरै सार्बजनिक भएको छ । उनको यस अघिको प्रस्तुति, पिरतीको जेल, डोको र नाम्लो, मुरली बज्यो तिरिरी लगाएतका सफल गीत हुन् । बिशेष गरेर मौलिक पनलाई प्राथमिकता दिने आर.के ले धेरै आधुनिक गीत संगीतमा पनि काम गरिसकेका छन् ।

उनको पछिल्लो समय सार्बजनिक भएको गीतमा आर.के श्रेष्ठ र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अशोक कुमार सापकोटाको शब्द तथा आर.के मिलन द्वारा लय बद्ध गीत छोटो समयमा नै अशंख्य दर्शकहरुले युट्युब मार्फत हेरिसकेका छन् । “जुनकिरी जुनतारा” बोलको गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र माया चाहरको आकर्षक अभिनय देख्न सकिन्छ । अमर म्याक्सको कोरिग्राफी रहेको भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया