धरान । धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको “मिस धरान २०२२ ” को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ।
कम्तीमा एसईई उतिर्ण युवतीहरु बिच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो। आवेदन नि:शुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो। उनीहरुको बोल्ने शैली , आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन्।
फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता “मिस धरान २०२२ ” को पहिलो अडिसनका निर्णायकहरु मिस पुर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फर्स्ट रनर अप इक्सा मादेन , मिस तामांग २०१९ प्रदेश १ कि बिजेता तथा कोरियोग्राफर प्रोजिता तामांग , मिस टुरिज्म २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए।
बुधबार दोस्रो अडिसन गरेर “मिस धरान २०२२ ” को ट्रेनिग सुरु गरिने आयोजकले जनाएको छ। अडिसनबाट छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।साउन दोस्रो साता हुने फिनाले बाट मिस धरान २०२२ बिजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब -टाइटलको उपाधि घोषणा गरिनेछ।

तपाईको प्रतिक्रिया