काठमाण्डौ असार २३ – बिभिन्न लोक तथा दोहोरी गीत बजारमा ल्याउदै आएकी गायिका माया लामाले पुनः अर्को गीत सार्बजनिक गरेकी छिन् । बिशेष गरेर आफ्नै कला-संस्कृतिलाई आत्मासाथ् गर्दै सांगीतिक यात्रा तय गरेकी उनले यस पटकको गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन परादिनुहुनेछ भन्ने कुरामा ढुक्क छिन् । माया लामाको प्रस्तुतिमा रहेको पछिल्लो गीत “पोखरा घुमाइदेउ” बोलको रहेको छ ।

माथि उल्लेखित गीतमा पूर्ण रुम्बा र माया लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना लोकप्रिय गायक तथा शर्जक एवं मोडल राजु बिरही सापकोटाले भरेका छन् । सुन्दै नाचौं नाचौं लाग्ने गीतको म्युजिक भिडियोमा राजु बिरही सापकोटा र निहारिका थापाको आकर्षक अभिनय सहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरिग्राफी राजाराम सिम्खडा, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया