काठमाडौं / नेपाल

“हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनमा “एकल लोक गायन प्रतियोगिता – २०७९ यहि असार २५ गते शनिबारका दिन हुने भएको छ ।

यस प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ र गीतको अडियो भिडियो निर्माण, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता मधुवन रोधी घर, मित्रनगर बसपार्क, काठमाडौंमा हुने भएको छ ।

“एकल लोक गायन प्रतियोगिता – २०७९” लाई अहिले समयको अभाव र छोटो समयमा प्रतियोगिता सम्पन्न गर्नु पर्ने भएको हुँदा संस्थागत प्रतियोगिता गराईएको सोही समितिका अध्यक्ष सुजन बराईलीले बताएका छन् । प्रतियोगितामा प्रतिष्ठानमा आबद्ध भएको ब्यक्तिले मात्र भाग लिन पाउने छन् ।

प्रतियोगितामा भाग लिन शाखा तथा अन्य समितीले प्रतियोगी पठाएको जानकारी गराउदै पत्र सहित प्रतियोगी पठाउनु पर्ने नियम रहेको कुरा अध्यक्ष सुजन बराईलीले जानकारी गराए । साथै यस प्रतियोगितालाई सफल बनाउनसबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिनका लागि अध्यक्ष सुजन बराईलीले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया