काठमाडौं÷३१ असार ।
त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ आज शुक्रबारबाट देशब्यापी प्रदर्शनमा उत्रिएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा उत्साहजनक ब्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ ।
निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मज्दुरको जीवनशैली,पीडा,समस्या र हकअधिकारको कुरालाई समेत प्राथमीकताका साथ प्रस्तुत गरिएको छ ।
अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माण रहेको फिल्ममा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् । उनीहरुबीचको सम्बन्ध,प्रेम र समग्र जीवनमा आउने उचातचढावलाई रोमान्चक तवरले केलाइएको फिल्ममा छुल्ठिम गुरुङ,सुनील थापा र शिसिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।
देशभरका करिब एक सय स्क्रिनमा प्रदर्शन भइरहेको फिल्म दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै लेखन रहेको फिल्म शिब ढकालले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्मको ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत केही सातासम्म निरन्तर ट्रेन्डिङमा रहीरह्यो । निर्माण पक्षले फिल्मको शीर्ष गीत–सम्झना बिर्सना केही दिनमै दर्शकमाझ ल्याउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया