काठमाण्डौं ।

निर्देशक तथा मोडल बीरेन्द्र नौभाग्य र प्रमिला कार्की (पिक्कु) को फिचरिङमा “हामी त अल्लारे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अहिलेका युवा पुस्ताको अल्लारेपनलाई राम्रो संग समाबेश गरिएको छ । यस गित मा असिप लिम्बुको मेलोडी गायन र दिनेश गुरूङ (गोर्खे ब्रो) को र्याप गायन रहेको छ भने शब्द संगित स्वयंम गायक असिप लिम्बुको नै रहेको छ । पछिल्लो समयको युवा पुस्ताको रोजाई र खोजाईलाई मध्यनजर गरि र्याप र मेलोडि अत्यान्तै मिठो भएकोले दर्शकहरुको मन जित्न सक्ने यस टिमको गायक तथा सर्जक असिप लिम्बुको भनाई छ । गीतमा कोरिया को रमणीय स्थान बुसान याङसानमा छायांकन भएको यस भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

दिपक केडीको छाँयांकन, सम्पादन भिडियो लाई विरेन्द्र नौभाग्य ले निर्देशन गरेका छन । साथै यस म्युजिक भिडÞियोको संयोजक सन्तोष विश्वकर्मा रहनु भएको छ भने यस म्यूजिक भिडियो मा कलाकारहरु ,कन्चन कोइच,प्रितिजा,पुजा रसाइली,संकेत खाती,कृष्ण भट्टराई,प्रेम गुरूङ,सुनिल राई,देवी शिवाकोटी , राजु रनपाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

पुरा भिडियो हेर्न को लागी तलको लिङक क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया