काठमाण्डौ श्रावन १६ – स्थायी घर पुर्व मोरङ्ग र हाल अमेरिका रहेका लोकप्रिय गायक तथा सर्जक गङ्गा प्रसाद घिमिरेले पुनः अर्को गीत लिएर नेपालि सांगीतिक बजारमा आएका छन् । उक्त गीत “बाटुलीको पोई” बोलको रहेको छ । उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गङ्गाको माया हौ नडुल त्यसरी, शिर फुल शिरैमा, कस्की हौ छोरी, नाच मारुनी, पुर्व पश्चिम रेल, लाल ज्योति, बिन्दास जिउने हो, पुर्बेली मायाले लगाएतका सफल गीत हुन् ।

उनको भर्खरै सार्बजनिक भएको गीतलाई लय धुर्ब पाठकले भरेका हुन् भने शब्द भानु ओलीको रहेको छ । गीतमा गङ्गा प्रसाद घिमिरेको नै सुमधुर स्वर सुन्न सकिन्छ । पुर्बेली स्वादमा तयार भएको “बाटुलीको पोई” बोलको गीतको म्युजिक भिडियोमा रोशन सेन्चुरी, स्मृति कुलुङ्ग राई, कृष्ण सुबेदी, नन्दु भाई लिम्बु र सन्तोष खवासको अभिनय देख्न सकिन्छ । गङ्गा प्रसाद आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको भिडियोलाई निर्देशन रोहित लाम्गाडेले गरेका हुन् भने छायांकन तथा सम्पादन सुभास लिम्बु म्यान्गबोले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया