काठमाण्डौ श्रावन १६ – बिशेष गरेर मर्मस्पर्सी गीतहरुमा रुची राख्ने अमृत आचार्य माइला गुरुले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “भेट जहाँ छौ” बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनलाई मर्मस्पर्सी गीतले मनछुने भएता पनि रोमान्चक सैलिका गीतमा आफ्नो कला प्रस्तुत नगरेका भने होइनन् । अमृतको साइली रिमै, मेरो को छ र, चितामा दागबत्ती, मलाई माया गर्छ्यौ कसरी लगाएतका गीतहरु यस भन्दा पहिले नै सार्बजनिक भैसकेका छन् ।

उनको पछिल्लो समय सार्बजनिक भएको गीतमा स्वर अमृत आचार्य माइला गुरुको नै रहेको छ भने यस गीतलाई लय सुफिक्स मदनले र शब्द अशोक कुमार सापकोटाले भरेका छन् । आफु अपाङ्ग हुँदा र त्यसकै सहजताका निमित्त आफ्नी अर्धांगिनी परदेशिय पछी सम्पर्क बिहिन भएको कथामा यस गीतको म्युजिक भिडियो तयार भएको छ । भिडियोमा शोभा त्रिपाठी अमृत आचार्य माइला गुरु, आयुष आचार्य र निलकण्ठ आचार्यको मनछुने अभिनय देख्न सकिन्छ  । “भेट जहाँ छौ” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन साजन पराजुलीले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया