प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राविधिक टोलीसहित झापाका विभिन्न खेलमैदानको स्थिति अवलोकन तथा निरीक्षण गरेका छन् । बोर्डका सदस्य शैलेसकुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद विकास समितिकी निर्देशक उषा कर्ण र कार्यालय प्रमुख चण्डीका बाँस्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेलमैदानको अवस्था र आसन्न नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता आयोजना गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न निरीक्षण गरेको हो ।

टोलीले झापाको चन्द्रगढीमा रहेको मेची रङ्गशाला, सोही रङ्गशाला सङ रहेको कभर्ड हलको निरीक्षण गरेको छ । टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिकामा रहेको मेची सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । यसैगरी काँकडभिट्टाको खेल मैदानमा क्रिकेट खेल को समेत निरीक्षण गरेको छ ।

तपाईको प्रतिक्रिया