काठमाण्डौ मंगसिर १६ – घर हाम्रो नुवाकोट, ड्राइभरको कहानी, कौवा करायो, अकबरे खुर्सानी, लगायत सयौं गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक रामहरी भण्डारी ले पुनः अर्को गीत लिएर आएका छन् । भण्डारी बिकृति र विसंगतिले भरिपुर्ण गीत संगीतबाट टाढा छन् । उनले सामाजिक सरलताका भाव बोकेका गीत संगीतहरु बजारमा ल्याउने गर्दछन् ।

संगीत सरोबर रेकडिंग स्टुडियोका संचालक समेत रहेका रामहरीले नेपाली गीत संगीतमा ब्यवासाहिकता नहुँदा पनि आफ्नो कर्मलाई छोडेका छैनन् । फलस्वरूप अहिले उनले “झुल्क्यो रातो घाम” सार्बजनिक गरेका हुन् । गीतमा आफुले अथाह माया गरेको मान्छे नै अनैतिक काममा संलग्न भएको भेटेपछिको दर्दनाक कथा समाबेश गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा एक पुरुष संग अनैतिक कार्यमा संलग्न भएको भूमिकामा सबिता कार्की देखिएकी छिन् । सुहाउँदिलो ढंगबाट कथाले मागेको अभिनयमा भगवान कार्की र निरुता खनाल पनि यस गीतको म्युजिक भिडियोमा देखिएका छन् । “झुल्क्यो रातो घाम” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश कार्की युके, छायांकन मुकेश हुमागाईं र सम्पादन कल्पेश बिस्वकर्माले गरेका छन् । गीतलाई रामहरी भण्डारी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया