काठमाडौं :

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’को नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीको नयाँबानेश्वरमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश ‘जोश छ जवानीको’ बोलको आइटम गीत रिलिज गरिएको हो । गीतमा फिल्मकी मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाहलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

रमेश एमके पौडेलद्वारा निर्देशित फिल्मको यो गीतलाई योगेश काजी र सारिका घिमिरेले स्वर दिएका छन् । यस गीतलाई निर्देशक पौडेलकै शब्द रचना रहेको छ भने गीतलाई गायक शाहकै संगीत रहेको छ ।

यस गीतको भिडियोमा नृत्यनिर्देशन रामजी लामिछानेले गरेका हुन् । फिल्ममा साम्राज्ञीका अलावा पुष्प खड्का, सन्दिप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ छ ।

निर्देशक पौडेल कै कथा, गीत र निर्माण भएको फिल्म आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको हो । फिल्मको निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा÷संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन रहेको छ । यो फिल्मको गीतमा योगेशसँगै सुभाष भुषालको पनि संगीत सुन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया