मोहन बिरही सिरपाली
पौष २ सनिबार
नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् प्रकाश दर्नाल’ शितल’वैदेशिक रोजगारीको सिससिलामा कतार रहेर पनि दर्जनौ म्युजिक भिडियो मा निदेशन गरेका छन रामेछाप जिल्ला खाँडादेवी गा.पा-९ मा एउटा साधारण परिवारमा जन्मिएको प्रकाश दर्नाल’ शितल’ गित संगीतमा रमाउदै गर्दा धेरै उत्कृष्ट लोक दोहोरी गीतहरु सिर्जना गरेका छन्,जस्तै म मरेको दिन,परदेशीको जुनी, पिरतीको काहानी, बरको छायाँ मुनी, मरुभुमी आफै रुनु पर्ने लगाएत थुप्रै गीतहरु बजार मा चर्चा परिचर्चा मा छन्।
हाम्रो सपना सङ्गीत परिवार दोहा कतारको प्रस्तुति लोकप्रिय गायक तथा गायिका बिक्रम परियार र सुनिता बुढा क्षेत्री को सुमधुर आवाज प्रकाश दर्नाल’ शितलको सब्द सिर्जना किसान गाहा मगरको मिठो सगीत मा (पागल् मान्छे )बोल को गित tiktok देखि सामाजीक संजाल मा धेरै भन्दा धेरै भाईरल बनेको छ
गितको भिडियोमा सबिना सुन्दासको कथा लेखन भित्र बिनोद सुन्दासको निर्देशन साथै बिनोद सुन्दास,अन्जु निरौला र ओम श्रेष्ठको कारुणिक अभिनय हेर्न सकिन्छ। HSS GROUP ENTERTAINMENT युटुब च्यानल मार्फत बजारमा आएको उक्त गितको छायांकन करण चैसिरले गरेका हुन भने भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन ।
आफुले माया गरेको मान्छेलाई नपाउदाको पिडाले मान्छे पागल सम्म हुन सक्छ र इच्छा बिपरित घर परिवारले रोजेर दिएको मान्छेले सबैलाई माया गर्न सक्दैन भन्ने सन्देश दिन खोजिएको छ।
भिडियोमा देखाइएको दृश्यहरु काल्पनिक भएता पनि हेर्दा नेपाली समाजमा घटिरहेको वास्तविक घटना जस्तै लाग्ने गितको सम्पुर्ण आर्थिक भार पुस्पकमल सेन्चुरीले उठाउनु भएको हो।
पागल मान्छेको नाम लिएर बजारमा आएको यो गित सम्पुर्ण नेपालीहरुको मनमुटुमा बस्न सफल बनोस हाम्रो तर्फबाट गितसङ्ग जोडिनुहुने सबैलाई सफलताको शुभकामना ।