काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् । आगामी वर्ष आउने मिस नेपाल पनि एकवर्ष व्यवसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । सम्झौता भएअनुसार प्रियंकाले प्राधिकरण मातहत रहेका विमानस्थललाई प्रवद्र्धन गर्ने भएकी छन् ।

संचालन भैसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र जनवरी १ देखि संचालन तयारीमा रहेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल प्रवद्र्धनमा प्रियंकाले भूमिका खेल्नेछिन् । विश्व सुन्दरी प्रतियोगिताको चिनारी भिडियोमा समेत ती दुई विमानस्थलको दृश्य र बाइट राख्ने सहमति पनि भएको छ । प्राधिकरणको व्यवसायिक कार्यमा पनि प्रियंकाले सघाउने सहमति जुटेको छ । यसै महिना जोशी नेपाल टेलिकमको समेत व्यवसायिक दूत नियुक्त भएकी छन् ।

तपाईको प्रतिक्रिया