काठमाडौं : नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र कलाकार जितु नेपाल स्टारर चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत रिलिज गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘धरहरा’ बोलको गीत रिलिज गरेको हो।

गीतमा गायिका मिना निरौला र सपन कुमार राईको आवाज रहेको छ। गीतमा डाक्टर भोला रिजालको शब्द रहेको छ भने संगीत चाहिँ शिखर सन्तोषको रहेको छ।

डान्सिङ प्याटर्नमा आधारित गीतको भिडियो पनि गजब बनेको छ। भिडियोमा नायिका रेखा थापाको आकर्षक नृत्य रहेको छ। रेखासँगै यस् चलचित्रका कलाकार जितु नेपाल र विजय बराललाई पनि भिडियोमा कम्मर मर्काएको देख्न सकिन्छ।

पछिल्लो समय चलचित्र भन्दा केही टाढा रहेकी रेखाले यस् भिडियोमा भने गजब तरिकाले कम्मर मर्काउँदै ठुम्का लगाएकी छिन् । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

आगामी माघ २० गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ। कमेडी जनरामा आधारित यस् चलचित्रमा कपिल रिजालको कथा तथा निर्देशन रहेको छ।

बीआर प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्ममा बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लिराम खनाल लगायतको अभिनय छ ।

चलचित्रमा नायिका रेखा थापालाई विशेष भूमिकामा देख्न सकिनेछ। सुदिप बराल, गिरिराज घिमिरे, कपिल रिजाल र अभिमन्यू निरवीको पटकथा तथा संवाद चलचित्रलाई सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

पहिलोपटक एकसाथ स्क्रिन सेयर गरेका साम्राज्ञी र जितुको जोडीलाई चलचित्रमा दर्शकले कत्तिको रुचाउने हुन् त्यो त प्रदर्शन मिति कुर्नुपर्ने नै हुन्छ।

तपाईको प्रतिक्रिया