काठमाण्डौ पौष २४ – लोकप्रिय लाेक तथा दाेहाेरी गायक बिक्रमजंग शाहले खाेला खाल्सीकाे सफलतापछि “माईंला” बोलको गीत बजारमा ल्याएका छन् । चलचित्र निर्मातासमेत रहेका कलाकार, लाेक तथा दाेहाेरी गायक बिक्रमजंग शाहले आफ्नाे नविनतम काेसेली ‘माईंला ’ सार्वजनिक गरेका हुन् । बिक्रमजंग शाहकाे सुमधुर स्वर रहेको माईंलामा शाहलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् ।

शाहको शब्द, संगित रहेको “माईंला” मा रामकुमार नेपालीको संगित एरेञ्ज रहेको छ । भिडियो समेत तयार “माईंला” मा नेपाली चलचित्रका नायक दिलिप रायमाझी, निक्स शर्मा, सोनी लगुन, दावा फिन्जो तामाङ, आस्मान तामाङ, आशिका खाती, कुमार श्रेष्ठ, श्याममाया तामाङको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।

शाह आफ्नाे पछिल्लो प्रस्तुति उत्कृष्ट बनेको बताउँछन् । निकै मिहेनत गरेर दर्शकको लागि एउटा राम्रो कोशेली पस्किएकाे बताउने शाह माईंलाबाट निकै आशावादी छन् । उनी भन्छन्, “आशा छ गीतले न्याय पाउँनेछ ।”

समय सापेक्ष गीत बनाउने शाहका खोला खाल्सी, टिलपिल टिलपिल तारा लगायतका थुप्रै गीत चर्चाको शिखरमा पुगेका छन् । माईंला  समग्रमा उत्कृष्ट बनेकाले सार्वजनिक भएको छाेटाे समयमै यसको चर्चा चल्न थालेको छ। गीतको भिडियोलाई भारती पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीत केहि बर्ष अगाडी सार्बजनिक भएको एक गीत संग हुबहु मिल्दोजुल्दो भएको भन्दै एक पक्षको टिप्पणी पनि रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया