भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ स्थित चुईचम्पादेवि टोल विकास संस्थाले आफ्नो आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख श्री विजय कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं ९ का वडा अध्यक्ष श्री सानुकाजि राजबाघको विशेष आतिथ्यता र संस्था अध्यक्ष नारायण ढकालको सभापतित्वमा साधारण सभा सञ्चालन भएको थियो । साधारण सभाले आगामि तिन बर्षे कार्यकालको लागि सुरेश बाबु जमरकट्टेलको अध्यक्षतामा ९ सदसीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष संस्था गठन देखि संस्थापक सचिव भई निरन्तर कृयाशिल भएको हुनाले अध्यक्ष हुदाँ संस्थालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
२०७२ सालमा संस्था गठन भई निरन्तर सञ्चालित संस्थाको प्रतिवेदन प्रतिवेदन, भावि कार्य योजनाहरु र रु ३८,३८,३७६/- रुपयाँ बराबरको आर्थिक प्रतिवेदन साधारण सभाले पास गरेको छ । साधारण सभामा ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानीत गरीएको छ । त्यस्तै संस्थाका विशेष सहयोगिहरुलाई पनि सम्मान गरीएको छ । कार्यक्रममा बोल्दै विशेष अतिथि वडा अध्यक्ष सानुकाजि राजबाघले संस्था गठन देखि हाल सम्म उत्कृष्ट काम गर्दै आएको तथा कतिपय जनप्रतिनिधले गर्ने काम समेत टोल विकास संस्थाले नै गरेको हुनाले वडा स्तरिय कामहरुमा सहज भएको बताउनु भयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरकालिकाले गर्ने हरेक कृयाकलापमा टोल विकास संस्थाहरु पहिलो प्राथमिकतामा रहेको साथै विकास निर्माण र न्याय सम्पादनमा समेत टोल विकास संस्थाले सहयोग गर्ने गरेको बताउदै मध्यपुर ठिमि भरिमा गठित टोल विकास संस्थाहरु मध्य यो भुईचम्पादेवि टोल विकास संस्था हरेक कृयाकलापमा उत्कृष्ट देखिएको छ भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ । साथै संस्थाले गर्ने सबै कृयाकलापमा नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी दिनु भयो । साधारण सभाले ५ सदसीय सल्लाहाकार समिति तथा ध्रुव पराजुलिको संयोजकत्वमा ३ सदसीय आर्थिक परिचालन कार्य विधि निर्माण समिति समेत गठन गरेको छ ।

तपाईको प्रतिक्रिया