काठमाडौं,१२ माघ ।
बर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अबसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो । एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा उनीहरुको साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल र रबिन्द्र झा देखिन्छन ।
सामाजीक कथानक फिल्मका रुपमा बताइदै आइएको ‘बिहे पास’ प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्म आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्म बितरणमा आफ्नो बचश्र्व कायम राखेको आरआर फिल्मस्ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो ।
रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्ममा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत,शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।
निर्माण पक्षले ‘बिहे पास’ लाई नयाँ बर्ष २०८० को कोसेली स्वरुप दर्शकमाझ पस्कन लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया