काठमाण्डौ माघ २३ – नेपाली संगीतको बजारमा एम एन एस म्युजिक ले भर्खरै मात्र “साथि” बोलको गीत सार्बजनिक गरेको छ । पछिल्लो पुस्ताका संगीत पारखीहरुलाई लक्षित गरेर सार्बजनिक गरिएको यस गीतलाई वियोगान्त भावमा तयार पारिएको छ । गीतमा आशिस गुबाजुको स्वर सुन्न सकिन्छ भने शब्द सन्जय बिक्रम र संगीत महेश ज्ञवालीको रहेको छ ।

साथि बोलको गीतको म्युजिक भिडियोमा सुदर्शन श्रेष्ठ, शिसन सिंह बल, भाबुक सिवाकोटी र रुपेश वाइबाको अभिनय देख्न सकिन्छ । निकै कर्णप्रिय स्वादमा तयार पारिएको यस गीतको म्युजिक भिडियोलाइ निर्देशन युवराज वाइबाले गरेका हुन् भने छायांकन निसल पौडेल र सम्पादन बिकाश दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया