काठमाण्डौं ।
पशुपति क्षेत्रमा शिवरात्रीको लागी विभिन्न खालका सरसफाई अभियान संचालान भैरहेका छन् । पशुपति क्षेत्र विकास कोषको संचालक परिषद् अन्तरगतको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन उपसमिति संयोजक आशा पाण्डेले दिएको जानकारी अनुसार शिवरात्रीको रौनक सुरु हुनु अगाडीनै शिवरात्री लक्षित सरसफाईको काम सुरु भैसकेको छ । यो अवधिमा पशुपतिका कर्मचारीहरुको तर्फबाट नवराज ढोडारीको अगुवाइमा कोषका कर्मचारी परिचालन भएका छन् भने आशा पाण्डेको संयोजकत्वमा विभिन्न संघसँस्था यो अभियानमा जोडिएका छन् ।

जस अनुरुप माघ २१ गते सनिवार वागमती सरसफाई माहाअभियानले पशुपति क्षेत्रको वागमती किनार र सुर्यघाट सफा गरिसकेको छ भने २८ गते पनि पशुपति क्षेत्रको राम मन्दिर परिसर सफा गरिएको छ । त्यस्तै २९ गते माननिय सँस्कृती मन्त्रिको अगुवाइमा विशेष सरसफाई अभियान पनि सम्पन्न भएको छ । जसमा नेपाल प्रहरी, सेना, ससस्त्र प्रहरी बल, तिलगंगा महिला समुह, नेपाल मानव धर्म सेवा समिति लगायतका सँस्थाको सहयोगमा समस्थ पशुपति क्षेत्र सफा गरिएको छ ।

त्यस्तै यो समितिले अधिकार सम्पन्न बागमती सभ्यता एककृत विकास समितिका सफाई कर्मचारीलाई अनुरोध गरेर दैनिक १० जनाको टिमले माघ २७ गते देखिनै नदिमा थुप्रिएको फोहर उठाउने काम भैरहेको छ । तिलगंगा महिला समुहले विहान बेलुका १०–१० जना सेवक खटाएर फोहोर व्यवस्थापनको बिषयमा चेतना मुलक कार्यक्रम पनि सञ्चालन गरेको छ । भोलि विहान पनि तिलगंगा महिला समुहको अगुवाइमा पञ्चकन्या टोल सुधार समिति लगायतका विभिन्न सँस्थाले बनकाली बगैचा र हंसमण्डप क्षेत्र सफाई गर्ने कार्यक्रम रहेको छ । ६ गते शिवरात्रिको दिनमा पनि धेरै सँस्था फोहरोर व्यवस्थापनकालागी खटिएका छन् । त्यो दिनमा फोहोर बर्डान नमिल्ने भएकोले ति सस्थाले फोहोर टिप्ने काम गर्ने छन् ।

पशुपति मा आउने भक्तजनहरुलाई पशुपति क्षेत्र सफा राख्नको लागी जथाभावी फोहोर नगर्न आशा पाण्डेले अनुरोध गर्नु भएको छ । त्यो क्षेत्र सफा राख्न सकेको खण्डमा पनि एक खालको धर्म हुने उहाँ बताउनुभयो । पशुपती क्षेत्रमा वातावरणको काम गर्न निकै कठिन छ । तथापी आशा पाण्डेको टोलिले यो काम सहजता पुर्वक सम्पन्न गरिरहेको छ ।

तपाईको प्रतिक्रिया