काठमाडौं । गायिका त्रिशाला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहिबार राजधानीमा त्रिशाला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।
यी दुई पछिल्ला केही दिनदेखि सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गर्दै आएका थिए । मिडियाले त्रिशालालाई रोहितसँगको प्रेम सम्बन्ध बारे प्रश्न सोध्दा समेत आफूहरु साथी मात्रै रहेको बताउने गर्थिन् ।
अहिले रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर ट्याग भएको देख्न सकिन्छ ।