गायिका रानी शाक्यले यूवतीहरुको भावनालाई समेटर नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘उड्यो मन’ बोलको गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ ।

गीतको भाव अनुसार निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले पनि भिडियो तयार पारेका छन् । यो गीतले विशेषत, रिस सबै त्यागेर खुशी बनेर बाँच्ने सन्देश दिएको छ । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको छायांकन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया