काठमाडौं– लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीतकर्मी डिजे तेन्जीङ शेर्पा पुरस्कृत भएका छन् । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमा डिजे तेन्जीङलाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ बाट पुरस्कृत गरिएको हो ।

केन्द्रद्वारा २०७२ सालमा स्थापित साम्दे शेर्पा स्मृति कोषमार्फत वार्षिक रुपमा प्रदान गर्दै आएको साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कारबाट डिजे तेन्जीङलाई पुरस्कृत गरिएको छ ।

सोलुखुम्बु जिल्लामा जन्मिएर पछिल्लो तीन दशकदेखि डिजे (डिस्क जक्की) पेशामा संलग्न भई नेपालकै पहिलो डिजे हुन सफल हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्थरमा ख्याति कमाइका डिजे तेन्जीङलाई पुरस्कृति गरिएको कोषले जनँएको छ ।

‘सांगीतिक माध्यमबाट समाज परिवर्तन र विकास गर्नका साथै नेपाली गीत–संगीतलाई विश्व सामु चिनाउनका निमित्त महत्वपूर्ण योगदान पुर्याउनु भएको हुँदा यहाँको कलाको उच्च सम्मान गर्दै साम्दे स्मृति पुरस्कार-२०७९ सहित यो सम्मान पत्र प्रदान गरिएको छ, सम्मान–पत्रमा उल्लेख छ ।

कार्यक्रमका प्रमुख अथिती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पुरस्का संयोजक हास्य कलाकार वसुन्धरा भुसाल तथा साम्दे शेर्पा स्मृति कोषका सदस्य सचिव छोटी शेर्पाले डिजे तेन्जीङलाई संयुक्त रुपमा पुरस्कृत गरेका हुन् ।

तपाईको प्रतिक्रिया