सुरेन्द्रकुमार कामती
सिरहा

सिराहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा एक मनी ट्रान्सफरका कर्मचारीबाट अज्ञात लुटेराहरूले ९ लाख रुपैयाँ लुटपाट गरेको छ।

प्रहरीको सुरक्षामा मिर्चैयाबाट रुपैयाँ लिएर कल्याणपुर जाँदै गर्दा लुटेराहरूले मनी ट्रान्सफरका कर्मचारीबाट ९ लाख रुपैयाँ लुटेको छ।

मिर्चैया नगरपालिका–३ मिर्चैया–कल्याणपुर सडक खण्डको बतहा पुलनजिकैबाट लुटेराहरूले ९ लाख नगद लुटेर फरार भएका छन्।

प्रहरीको सुरक्षामा राजाराम सब मनि ट्रान्सफर कल्याणपुरका कर्मचारी ९ लाख रुपैयाँ लिएर ज. ६ प. ८५८१ नम्बरको मोटरसाइकलमा कल्याणपुर बजार आउँदै गर्दा बाटोबाट लुटेराहरूले लुटेर फरार भएका छन्।

मोटरसाइकलमा रहेका चारजना लुटेराले रकम लुटेर फरार भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले बताएका छन्।

यसअघि २०७५ सालमा पनि राजाराम मनी ट्रान्सफरका सञ्चालन राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ मिर्चैया–कल्याणपुर सडकखण्डको डुमरी नजिकैबाट लुटिएको थियो। त्याे रकम पनि अझै फिर्ता नआएको सञ्चालक साहले बताएका छन्।

तपाईको प्रतिक्रिया